ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शुक्रवारसम्म कोरोनाबाट मर्नेको संख्या ५३ हजार नाघ्यो, १० लाख १६ हजार संक्रमित

२०७६ चैत, २०  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २१, जेनेभा । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट संक्रमित भएका विश्व स्वास्थ्य संगठनले शुक्रवार सार्वजनिक गरेकोे छ । 

चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । 

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनी बताउँछन् । गरिबीको रेखामुनि दशौं लाख व्यक्ति रहने विश्व बैंकले प्रक्षेपण गरेको छ 

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य  
इटलीमा १ लाख १५ हजार २४२ कुल संक्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् । 

स्पेनमा १ लाख १२ हजार ६५ कुल संक्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् । 

संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल संक्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् । 

फ्रान्समा ५९ हजार १०५ कुल संक्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् । 

चीनमा ८१ हजार ६२० कुल संक्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् । 

इरानमा ५० हजार ४६८ कुल संक्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार  ७११ निको भएर फर्किएका छन् । 

बेलायतमा ३३ हजार ७१८ कुल संक्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल संक्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् । 

जर्मनीमा ८४ हजार ७९४ कुल संक्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् । 

बेल्जियममा १५ हजार ३४८ कुल संक्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् । रासस/एपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्