ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थ मन्त्रालयद्वारा १४ शिर्षकको बजेटमा खर्च गर्न रोक्का 

२०७६ चैत, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २१, काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरसको  संक्रमण, रोकथाम तथा न्यूनिकरणको लागि लकडाउन भएपछि माताहतका निकायहरुलाई अनुत्पादक खर्च रोक्न  कडा निर्देशन  दिएको  छ ।

अर्थ मन्त्रालयले शुक्रवार अनुपात्दक शिर्षकमा खर्च लगाउने निर्णय गर्दै माताहतका निकायको ध्यानाकर्षण पनि गराएको छ । अर्थले १४ शीर्षकको खर्च हालको अवस्थामा  अनुत्पादक  भनेको छ ।

सेवा र परामर्श खर्च,कर्मचारी तालिम खर्च, भैपरी आउने  खर्च, तालिम तथा गोष्ठि खर्च,अतिआवश्यकको बाहेक अनुगमन तथा मूल्यांकन खर्च लगायतका १४ शिर्षकको  खर्च  कटौती गर्न मन्त्रालयले भनेको  छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च आवश्यक परेको भन्दै अनुत्पादक भनिएको क्षेत्रको खर्चमा रोक लगाइएको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले मुलुकको आर्थिक गतिविधि प्रभावित बनाएको भन्दै विनियोजन ऐन, २०७६ बमोजिम चालू आवकोे बजेटमा समावेश गरिएका केही कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरिएको  उक्त मन्त्रालयले बताएको छ ।

विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएको हुँदा हाललाई बजेट स्थगित गरिएको  मन्त्रालयले भनेको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ (१) मा रहेको व्यवस्थाबमोजिम विनियोजित बजेटमध्ये २०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी बजेट तत्काल लागू हुने गरी रोक्का गरिएको मन्त्रालयले बताएको छ ।

ती शिर्षकमा  विनियोजित बजेट रोक्का गरिएको हुँदा निकासा नदिने व्यवस्था मिलाउन पनि मन्त्रालयले महालेखा कार्यालयलाई  भनेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्