ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनकपुरधाममा  कोरोना भाइरसको परीक्षण शुरू 

२०७६ चैत, २०  
प्रदेश ०२
Image Not Found
author avatar कमलेश ठाकुर

चैत २१, जनकपुर । प्रदेश २ मा पनि कोरोना भाइरसको परीक्षण शुरू भएको  छ । बिहीवार प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रादेशिक अस्पताल जनकपुरधाममा कोरानाको परीक्षणका लागि जडान गरिएको पोर्टेबल आरटी पीसीआर मेशिनको उद्घाटन गरेका छन् ।

प्रदेश २ को  राजधानी समेत रहेको जनकपुरधाममा मेशिन उपलब्ध गराइएपछि यस क्षेत्रका बिरामीको पक्षीणका लागि सहज हुने भएको छ ।

रियल टाइम पीसीआर मेशिन जडान गर्न आएका टोली धुलिखेल अस्पतालका सुरेन्द्र मधुपले उक्त मेशिनमा एकपटकमा एकमात्र स्याम्पल लोड हुने र रिपोर्ट आउन एक घण्टा समय लिने बताए ।

आफूले यहाँका प्राविधिकहरुलाई कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षणको विधि सिकाएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्