ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

 कोरोना कोषमा कुन बैंकले कति रकम जम्मा गरे ?

करीब २ अर्ब जम्मा   

२०७६ चैत, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २१, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले लकडाउन गरेपछि उत्पन्न असहज परिस्थितिमा  विभिन्न वर्गका वाणिज्य बैंक तथा विकास बैंकहरुले रकम जम्मा गर्न थालेका छन् । 

सरकारले स्थापना गरेको कोषमा बिहीवारसम्म बैंक लगायत विभिन्न संघसंस्था तथा निकायले करीब रू.२ अर्ब बराबरको रकम जम्मा गरिसकेका छन् । 
‘क’ वर्गका २७ ओटा वाणिज्य बैंकले मात्रै कोषमा रू. २५ करोड ४० लाख बराबरको रकम जम्मा गरेको नेपाल बैंकर्स संघले बताएको छ ।     
     
राष्ट्रिय बाणिज्य बैंक रू. १ करोड ८५ लाख रकम कोषमा  जम्मा गरेको छ भने नेपाल बैंकले रू.१ एक करोड ३५ लाख  जम्मा गरेको छ । त्यसैगरी कृषि विकास बैंकले रू.१ करोड ६० लाख सहयोग गरेको छ ।

एनएमबी बैंकले रू. १ करोड ५१ लाख सहयोग गरेको छ  भने ग्लोबल आईएमई बैंकले रू.१ करोड १५ लाख सहयोग गरेको छ । त्यसैगरी, बैंक अफ काठमाण्डूले रू.१ करोड ५ लाख ५० हजार रकम सहयोग गरेको छ । त्यसमा बैंकका कर्मचारीले मात्रै रू. ५ लाख ५० हजार जम्मा गरेका छन् । सिटिजन बैंकले रू. ५० लाख, सेञ्चुरी बैंकले रू.८५ लाख,  सिभिल बैंकले रू. ७८ लाख ५ हजार सहयोग गरेका छन् ।     
     
 हिमालयन बैंकले रू.१ करोड २५ लाख, कुमारी बैंकले  रू.७० लाख र लक्ष्मी बैंकले रू.१ करोड जम्मा गरेको छ । माछापुच्छ्रे बैंकले रू.१ करोड ६ लाख, मेगा बैंकले रू.१ करोड ३५ लाख, एनसीसी बैंकले रू. १ करोड, नेपाल बंगलादेश बैंकले रू.१ करोड ४५ लाख,  नेपाल एसबिआई बैंकले रू.१ करोड र नेपाल इन्भेस्टमेन्ट बैंकले  रू.१ करोड सहयोग गरेको छ ।     

प्रभु बैंकले भने कोषमा रू.१ करोड १ लाख जम्मा गरेको छ । यसैगरी प्राइम बैंकले रु एक करोड ७५ लाख, सानिमा बैंकले रु एक करोड ६८ लाख र सिद्धार्थ बैंकले रु ८५ लाख सहयोग गरेको छ । स्ट्याण्डर्ड बैंक, सनराइज बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र एभरेष्ट बैंकले आन्तरिक छलफल गरिरहेको जानकारी दिएका छन् । ती बैंकले पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

बिहीवार मात्रै कोषमा झण्डै रू. १ अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म कोषमा झण्डै रू.२ अर्ब बढी रकम जम्मा भएको छ ।     

लकडाउनका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले गत चैत ११ गते रू. ५० करोडको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोष स्थापना गरेको थियो । 
     
कोषमा रकम जम्मा हुने क्रम बढ्दै गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

सरकारले कोषमा सहयोग गर्न आह्वान गरेको थियो । कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले खर्च गर्ने अर्थ मन्त्रि डा युवाराज खतिवडाले बताएका छन् ।

कोषको कार्यविधिका आधारमा कोरोनासम्बन्धी औषधि, उपकरण, अस्पतालका लागि आवश्यक उपकरण, कोरोनाबाट संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्न खर्च गरिने बताइएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्