arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कालापत्थरमा मन्त्रिपरिषद् बैठक सम्पन्न

२०७६ पौष, २८  
१० वर्ष अघि
NA

विकसित मुलुकहरूले उत्सर्जन गरेको कार्बनडाइअक्साइड, मिथेन लगायत हानिकारक ग्यासका कारण विश्व तापक्रम बढिरहेका बेला सगरमाथिको फेदी कालापत्थरमा १० बुँदे घोषणापत्र जारी गर्दै नेपालको मन्त्रिपरिषद् बैठक शुक्रवार सम्पन्न भएको छ । जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको काखमा सो बैठक बसेको बताइएको छ ।

बैठकले वातावरण संरक्षणका लागि संरक्षित क्षेत्र २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने, वनेक्षत्र कम्तीमा ४० प्रतिशत कायम राख्ने तथा दार्चुलाको अपिनाम्पा र रामेछाप–दोलखाको गौरीशंकर क्षेत्रलाई नयाँ संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने र बाँके राष्ट्रिय निकुञ्ज थप्ने घोषणासमेत गरेको छ । नेपालले स्वच्छ ऊर्जाको विकासका लागि कार्बन उत्सर्जन कम गर्न विश्व समुदायसमक्ष आग्रह गर्नेछ । साथै हरित गृह ग्यास उत्सर्जनमा बढी हिस्सा ओगटेका देशहरूले आफ्नो कुल गार्हस्थ्य आम्दानीको १.५ प्रतिशत जलवायु अनकूलन कोषमा जम्मा गर्ने प्रस्तावलाई नेपालले पनि समर्थन गर्ने निर्णय गरेको छ । 

प्रमसहित २३ मन्त्रीहरू सम्मिलित सो बैठकबारे मिश्रित प्रतिक्रिया आएको छ । माल्दिभ्सको नक्कल गर्दै मन्त्रीहरूको जुलुस लिई त्यति टाढा गएर मन्त्रिपरिषद् बैठक बसेर राज्यकोषको दुरुपयोग गरेको आरोप एकातिर लागेको छ भने अर्कोतिर यसबाट बढ्दो वातावरण विनाशबारे विश्व समुदायलाई सन्देश जाने विश्वास पनि गरिएको छ । 

वर्ष ५, अंक १४, २०६६, मंसिर २२–२८

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्