arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘आर्थिक ऐनसँगै करको दर परिवर्तन हुनुहुँदैन’

२०७६ पौष, २८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक ऐन लागू भएको ४ महीनाभित्रै करको दर परिवर्तन हुन नहुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६९औं वार्षिक साधारणसभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्वसन्ध्यामा चेम्बर कार्यसमितिका सदस्य, प्रदेश/नगर चेम्बर अफ कमर्शका अध्यक्ष र प्रतिनिधिसँगको भेटघाट तथा राजस्वसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले उद्योगी/व्यवसायीलाई आर्थिक जरीवाना मात्र हुनुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवसायीको संरक्षण, व्यवसायको छानबिन तथा अनुसन्धान र पारदर्शी व्यवसायलाई प्रवद्र्धन गर्ने बताए । उनले कर प्रणाली स्वयं कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवसायीलाई सोहीअनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे । महानिर्देशक मैनालीले २०७१ देखि नै चर्चामा रहेको भीसीटीएस प्रणालीमा उल्लेख्य सहभागिता भएको बताउँदै यो प्रक्रिया झन्झटिलो नभएको दाबी गरे । उनले भीसीटीएसमा छिटो आबद्ध हुन समेत व्यवसायीलाई अनुरोध गरेका छन् ।

यस्तै, भन्सार विभागका महानिर्देशक सुमन दाहालले वैध व्यापारको विकल्प नभएको बताउँदै भन्सार प्रशासन डिजिटल हुने क्रममा रहेको बताए । सोही अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जिल्ला/नगर चेम्बर अफ कमर्शका अध्यक्ष तथा पदाधिकारीले उठाएको प्यान जारी गर्ने अधिकार जिल्ला चेम्बरलाई दिनेबारे गृहकार्य गरिरहेको उल्लेख गरे । साथै कर सचेतना व्यापक बनाउने, करको लागत, दूरी र समय घटाउन कर कार्यालय संख्या बढाउने वा करदाता सेवा कार्यालयको स्तरोन्नति गर्ने विभागको सोच रहेको उनको भनाइ छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्