ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जहाँ पाइन्छ सहज रुपमा खाना पकाउने ग्यास..

२०७६ चैत, २१  
समाचार
Image Not Found

तपाईँको नाम ? 
सुमन थापा । 
कुन कम्पनीको ग्यास हो ? 
राजधानी । एकै छिन बस्नुस् है । 

अर्का कर्मचारीले थापालाई हातमा स्यानिटाइजर थाप्न भने । स्यानिटाइजर दल्दै ग्यास लिन आएका थापा केही मिटरको दूरीमा परै बसे । खुद्रा पैसा मिलाएर दिनुस् है । मास्क लगाएर नाम लेखिरहेका कर्मचारीले भने । थापाले रू. ६८७ ती कर्मचारीलाई दिए । भित्रबाट ग्यास आयो, ताहाचलबाट आएका थापाले ७ दशमलव १ किलो अर्थात् आधा भरिएको ग्यास लिएर आफ्नो गन्तव्यमा लागे । 

थापा जस्तै एक दर्जनभन्दा बढी उपभोक्ता लाइनमा थिए । उनीहरुले पालैपालो ग्यासको सिलिन्डर भित्र दिए । पालैपालो स्यानिटाइजर लगाएर प्रतीक्षामा बसे । क्रमैसँग भित्रबाट ग्यास आयो । साविकको नेशनल ट्रेडिङ लिमिटेडको टेकुस्थित कार्यालयमा नेपाल आयल निगमको समन्वयमा विभिन्न १८ कम्पनीको ग्यास विक्री गरिएको छ । आवश्यक पर्ने उपभोक्ताले त्यहाँ पुगेर सहजै रुपमा ग्यास लिन पाएका छन् । कुनै अवरोध छैन, कुनै अभाव छैन । 

लकडाउनपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगमले अधिकांश ग्यास कम्पनीका ग्यास एकै स्थानमा भेला गरेर उपभोक्तालाई सहज रुपमा विक्री गरिरहेको छ । हरेक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म जुुनसुकै कम्पनीका ग्याससमेत विक्री गरिएको छ । ग्यास उद्योगी, विक्रेता तथा डिलरका प्रतिनिधिसमेत उपस्थित छन् । त्यो दृश्य हेरिरहेका पत्रकार र उपभोक्ताका माझ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट अनुगमनका लागि पुगे । 

लकडाउनको समयमा मन्त्री नै अनुगमनमा पुगेपछि ग्यास विक्री गरिरहेका कर्मचारीसमेत एकछिन छक्क परे । उनीहरु सामाजिक दूरी कायम गरेरै काम गरिरहेका थिए । सरकारको निर्देशनअनुसार नै उपभोक्तालाई सहज रुपमा सेवा दिन पाउँदा उनीहरुको मुहारमा पनि खुशीका रेखा देख्न सकिन्थ्यो । विपद्को समयमा कोही पनि नेपाली नागरिक भोको नपरुन् र खाना पकाउने ग्यास नपाएर अभाव झेल्नु नपरोस् भन्नेतर्फ ध्यान दिइएको उनीहरुको भनाइ थियो । 

बिहान ७ बजेदेखि नै ग्यास विक्रीको व्यवस्थापन 

सरकारले निगममार्फत विक्री गरिने ग्यासका लागि बिहान ७ बजेदेखि नै कर्मचारी साविकको नेशनल ट्रेडिङको कार्यालयमा पुग्छन् । नेपाल आयल निगमका सहायक प्रबन्धक विकास बखतीका अनुसार निगमका कर्मचारीले दैनिक १२ घण्टा खटेर सेवा दिइरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपाल सरकारको योजनाअनुसार नै काम भएको उनले जानकारी दिए ।

कर्मचारीलाई खाना, खाजाको समेत सोही स्थानमा प्रबन्ध गरिएको छ । निगमको संयोजनमा विभिन्न १८ कम्पनीको ग्यास विक्री गरिएको छ । यस्तै घुम्ती पसल चलाएर पनि सेवा दिइएको छ । निगमले त्यसका लागि आफ्नै र अन्य ग्यास कम्पनीको सवारी साधन प्रयोग गरेको छ । 

अशक्तलाई पहिलो प्राथमिकता, ११४६ मा निःशुल्क फोन

निगमले विशेष गरी सुत्केरी क्वारेन्टाइनमा बसेका, अति अशक्त, फरक क्षमता भएका, हस्पिटलमा उपचार गरिरहेका, वृद्धवृद्धा, जान सक्ने अवस्था नभएका नागरिकलाई घरमै ग्यास पुर्‍यादिएको छ । दैनिक १ हजार ५०० सिलिन्डरको माग भए पनि अशक्तका हकमा विशेष व्यवस्था गरिएको छ ।  उनीहरुको घर वा बस्तीसम्म नै ग्यास लगेर सेवा दिइएको बखतीको भनाइ छ । 

अन्यका हकमा नजिकको विक्री केन्द्र वा बिक्रेता कहाँ सम्पर्क गर्न भनिएको छ  र सोहीअनुसार पुग्दो मात्रामा ग्यास उपलब्ध भएको छ । केहीले भने आफूहरुलाई लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ गर्ने भएकाले घरमै ल्याइदिनसमेत भनेको उनको भनाइ छ । निगमले यही चैत १८ गतेदेखि त्यस्तो सेवा दिएकोमा पहिलो दिन १५०, दोस्रो दिन १९ गते १७३, २० गते २६३ ग्यास अशक्तलाई उपलब्ध गराएको छ । यस्तै २१ गते मात्रै विभिन्न पाँच ओटा टोलीले २७२ वटा सिलिन्डर उपलब्ध गराएको छ । 

ग्यास आवश्यक पर्ने अशक्त वा क्वारेन्टाइनमा बसेकाले पैसा नलाग्ने ११४६ नम्बरको हटलाइनमा फोन गरेर माग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै अन्य तीन ओटा हटलाइनका रुपमा मोबाइल नम्बरसमेत सञ्चालनमा छन् । 

दैनिक एक लाख ३० हजार सिलिन्डर 
निगमले बजारमा दैनिक जसो नै एक लाख ३० हजार सिलिन्डर ग्यास पठाएको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार शुक्रवार मात्रै भारतबाट २५ ओटा बुलेट काठमाडौं आएका छन् । 

निगमका अनुसार देशभर कुल एक करोड २० लाख सिलिन्डर छन् । काठमाडौं उपत्यकालाई सामान्य अवस्थामा दैनिक ४० हजार सिलिन्डर जरुरी पर्ने छ । ‘ग्यास कम भएर आधा सिलिन्डर ग्यास दिइएको नभई, उपभोक्ताको घरमा रहेको सिलिन्डर बाहिर निकाल्न यस्तो विधि अपनाइएको हो’, पौडेलले भने । आयात उल्लेख्य बढे पनि सिलिन्डर खाली नहुँदा बोटलिङमा समस्या पर्ने देखिएको उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्