ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनको असर मकै र तरकारी बालीमा

२०७६ चैत, २२  
प्रदेश ०१
NA

विराटनगर (अस) । प्रदेश नम्बर १ मा यतिबेला चैतेधान रोपाइँ धमाधम चलिरहेको छ । लहरे तरकारी बाली र मकै लहलह छ । तर, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा किसानको फसल बिग्रन थालेको छ । 

सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले दुई बिगाहमा लगाएको मकैले सुत्ला चेप्न लाग्यो । उनलाई यतिबेला खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । लकडाउनका कारण बाहिर निस्कन पाएका छैनन् । उनले सबैतिर फोन सम्पर्क गरिसके कतै युरिया मल पाइएको छैन ।  

अर्का किसान सुरेन मेहताले १० कट्ठामा लगाएको लहरे तरकारी बालीमा समेत युरिया हाल्न नपाएको बताए । यतिबेला बोडी, काँक्रा, सिमीलगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आप्mनो लगानी जोखिममा पर्ने उनले बताए । 

 कृषि आधुनिकीकरण आयोजनाका सुनसरी कृषि अधिकृत दीपेन्द्र पोखरेलका अनुसार समयमा नै युरियालगायत मल उपलब्ध नभए चैतेधान, मकै र लहरे तरकारीको उत्पादनमा २० देखि २५ प्रतिशतसम्म ह्रास हुन सक्छ । 

मोरङ जिल्लामा ५ हजार १ सय ५० हेक्टरमा मकैखेती गरिएको उनले बताए । त्यस्तै करीब ३ हजार हेक्टरमा लहरे तरकारी बाली लगाइएको छ । 
साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले मल वितरण गर्ने बेला हुँदाहुँदै लकडाउन भएकाले तत्काल ढुवानी गर्न नसकिएको बताए । साल्ट ट्रेडिङसँग सुनसरीको सोनापुर गोदाममा युरिया मल ३ लाख २३ हजार १ सय ४३ बोरा मौज्दात रहेको छ । 

कृषि सामग्री संस्था लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रबहादुर कार्कीले लकडाउन कारण ट्रकमा मल लोड गर्न श्रमिकको अभाव भएकाले वितरणमा समस्या आएको बताए । उनले आइतवारदेखि मल ढुवानी सुचारू गरिने जानकारी दिए । किसानले सोमवारदेखि सहकारीमार्फत मल पाउने उनको दाबी छ । २५ जनाभन्दा बढी भेला हुन नदिने सरकारको निर्णयले कामदारहरू जम्मा हुन नमानेको उनको भनाइ छ । कार्कीका अनुसार युरिया मल १ हजार ४ सय मेट्रिक टन र डीएपी २ हजार ५ सय मेट्रिक टन गोदाममा छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्