ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : जर्मनीमा रू. ७ अर्ब ८२ करोडको फेल्टको आयात बजार

२०७६ चैत, २२  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । जर्मनी यूरोपमा फेल्ट खपतका लागि प्रमुख गन्तव्यको रूपमा रहिआएको छ । सन् २०१८ मा जर्मनीले कुल ६ करोड ८६ लाख अमेरिकी डलर (रू. ७ अर्ब ८२ करोड) बराबरको फेल्ट आयात गरेको छ । जर्मनीले यूरोपेली संघ सदस्य मुलुक र अमेरिकाबाट फेल्ट आयात गर्दै आएको छ । यही सन्दर्भलाई दृष्टिगत गर्दै नेपालले पनि उपयुक्त रणनीति अंगीकार गर्ने हो भने जर्मनीको फेल्ट बजारमा महत्त्वपूर्ण स्थान प्राप्त गर्न सक्ने सम्भावना रहेको छ । यसका लागि जर्मनीको सहकार्यमा फेल्ट उत्पादनका लागि नेपालमा लगानी अभिवृद्धि गर्नु आवश्यक देखिन्छ ।

यसो गर्न सकेको खण्डमा जर्मनीको बजार प्राप्त भई नेपाली फेल्ट क्षेत्रमा ठूलो कायापलट आउने निश्चित छ । यसका लागि नेपालमा उत्पादित उच्चकोटीका गुणस्तरयुक्त विशेष फेल्ट निर्यात गर्ने रणनीति अंगीकार गरिनु आवश्यक देखिन्छ । नेपाली फेल्टलाई जर्मनीमा शून्य भन्सार दरको सुविधा प्राप्त छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा नेपालबाट करीब १ अर्ब ९८ करोड रुपैयाँका फेल्ट विश्वका विभिन्न देशहरूमा निर्यात भएको पाइन्छ । यस अवस्थामा स्वदेशमा गुणस्तरीय उत्पादनमा वृद्धि गर्न सक्ने हो भने नेपाली फेल्टले जर्मनीमा राम्रो बजार पाउन सक्ने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्