arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान,  ट्राफिक सचेतना कक्षा लिनुपर्ला !

२०७६ पौष, २८  
यातायात
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं ।  के तपाईंले यसअघि ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ ? तोकिएको जेब्राक्रसबाट बाटो काट्नु भएको छ ? यदि आकाशे पुल पनि प्रयोग गर्नु भएको छैन भने अब सचेत रहनुहोला । ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैनन् । 

अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेले जस्तै ट्राफिक नियम सम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार  पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता पैदलयात्रीलाई समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था सोमवारदेखि शुरू गरेको छ । 

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ साथै उनीहरूकै माध्यमवाट घर–घरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिने छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले भने, ‘ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडी सञ्चालन गरेका छौं ।’ 

ट्राफिक प्रहरीले समातको  खण्डमा कक्षा नलिइ आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् । सोमवारमात्रै करीब १ हजार  पैदलयात्रीलाइ सचेतना कक्षा दिइएको छ ।

उपत्यकामा  हुने  सवारी दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि  ट्राफिक प्रहरीले ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान सञ्चालन गर्न शुरु गरेको हो ।

चालू आवमा मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा मृत्यु भएको । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्