arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४ लाख भन्दा बढी जर्मन रोजगारी संकटमा 

२०७६ पौष, २८  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २८, बर्लिन (जर्मनी) । विद्युतीय सवारीसाधन निर्माणमा केन्द्रित हुँदा जर्मनीको सन् २०३० सम्ममा ४ लाख रोजगारी संकटमा पर्नसक्ने स्थानीय समाचार पत्रिकाले बताएको छ । 

हन्डेलब्लाट नामक दैनिक पत्रिकाले सरकारी परामर्शदातालाई उद्धृत गर्दै यस्तो बताएको हो । विद्युतीय सवारीसाधनले इन्जिन र ट्रान्मिशन उत्पादनको क्षेत्रमा मात्र ८८ हजार रोजगारी संकटमा रहेको समाचारमा उल्लेख छ । 

विद्युतीय कार पेट्रोलियम पदार्थबाट चल्ने कार तुलनात्मकरूपमा ‘कम्बशन इन्जिन’ भएका कारभन्दा कम पार्टसमा निर्माण हुन्छ । यसको मर्मतको लागि पनि कम खर्च लाग्छ । 

जसले उल्लेख्य मानिसहरूले पाउँदै आएको रोजगारी गुम्न सक्ने बताइएको छ । सवारीसाधनको उत्पादन बिस्तारै स्वचालित बन्दै गएको र यसका लागि अहिलेको अवस्थाको रोजगारी आवश्यक नरहेको समाचारमा बताइएको छ । 

सन् २०१८ मा जर्मनीको कार उद्योगको रोजगारी संख्या ८ लाख ३४ हजार पुगेको थियो । यो सन् १९९१ यताकै उच्च हो । 

जर्मनीको सवारीसाधनको प्रमुख संस्था भीडीएले गत डिसेम्बरमा सन् २०२० मा उल्लेख्य मात्रामा रोजगारी कटौती हुनसक्ने बताएको थियो । 
सवारी उद्योग यूरोपको आर्थिक वृद्धिको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । 

अहिले कार्बनडाइअक्साइड उत्सर्जनमा कमी ल्याउन यूरोपभर विद्युतीय सवारीसाधनको निर्माणको योजना सार्वजनिक भइरहेका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्