ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्वभर कोरोना संक्रमणबाट ६४ हजार जनाको मृत्यु (अपडेट )

संक्रमित व्यक्ति १२ लाखभन्दा बढी 

२०७६ चैत, २२  
अन्तरराष्ट्रिय
NA

चैत २३, जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट आइतवार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ ।     
     
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।     
     
संक्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचाररत छन् ।     
     
चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ डब्लुएचओले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित यूरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ ।     
     
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजारभन्दा बढी संक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन् ।     
     
कोरोना भाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजारभन्दा बढी संक्रमित छन् ।     
     
कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कुल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।     
     
जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण १ हजार ४४४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ३१३ जना नेदरल्यान्ड्समा १ हजार ६५१ जना र बेल्जियममा १ हजार २८३ जनाको मृत्यु मृत्यु भइसकेको छ ।     
     
इरानमा कोरोना भाइरसको संक्रणका कारण ३ हजार ४५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८३ व्यक्तिको मृत्यु भएको छ ।     
रासस / एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्