arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्सले सहयोगी बैंकलाई प्राप्ति गर्ने निश्चित

२०७६ पौष, २९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ३ जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । यससम्बन्धी सोमवार दुई बैंकबीच अन्तिम सम्झौता भएको छ । बैंक तथा वित्तीय संस्था एक–आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम ‘क’ वर्गको सिटिजन्सले ‘ख’ वर्गको सहयोगी विकासलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको बैंकले बताएको छ । 

सिटिजन्स बैंकका सञ्चालक एवम् मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डे र सहयोगी विकास बैंकका सञ्चालक एवम् मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै बैंकले आ–आफ्नो विशेष/वार्षिक साधारणसभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि मात्रै एकीकृत कारोबार गर्न पाउनेछन् । 

दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । सहयोगी बैंकलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको चूक्तापूँजी ८ अर्ब ६२ करोडबाट बढेर ९ करोड ८ करोड रुपैयाँ पुग्नेछ । यस्तै निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ, ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ । एकीकृत कारोबारपछि बैंकको शाखा संख्या ९९ ओटा पुग्नेछ । दुई बैंकबीच भएको सहमतिअनुसार सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयरबराबर सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर पाउनेछन् । धनुषा, महोत्तरी र सिन्धुली कार्यक्षेत्र रहेको सहयोगीले १४ ओटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्