ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यूएईले ल्यायो नयाँ स्टिमुलस प्याकेज

२०७६ चैत, २२  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २३, अबुधाबी (संयुक्त अरब इमिरेट्स) । कोरोना भाइरसको महमारीले अर्थतन्त्रमा परेको धक्का कम गर्न संयुक्त अरब इमिरेट्सले अर्बौ डलरको स्टिमुलस प्याकेजको घोषणा गरेको छ । अर्थतन्त्रलाई टेवा दिन त्यहाँको केन्द्रीय बैंकले ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको हो । बैंकले गत महीना पनि ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो । 

बैंकले अघि सारेको पछिल्लो प्याकेजमा बैंकहरुले भोग्नु परेको वित्तीय र तरलता अभावलाई सम्बोधन गरिएको छ । नयाँ उपायमा डिमान्ड डिपोजिटमा यसअघि बैंकहरुले राख्नुपर्ने सुरक्षणलाई १५ प्रतिशतबाट ७ प्रतिशतमा झारिएको छ । यसबाट बैंकहरुसँग करीब १७ अर्ब डलर तरलता उपलब्ध हुनेछ । 

युएईमा हालसम्म एक हजार ५०५ जना कोरोना भाइरसबाट संक्रमित व्यक्ति छन् भने १० जनाको मृत्यु भएको छ । संक्रमण नियन्त्रण गर्न त्यहाँ यात्रामा प्रतिबन्ध लगाउनुका साथै सपिङ मल र मनोरञ्जनका स्थलहरु बन्द गरिएका छन् ।  

शनिवार रातिदेखि भने दुबईमा दुई साता लामो लकडाउन गरिएको छ । त्यहाँ व्यापक स्वास्थ्य परीक्षण अभियान चलाउने निर्णय सरकारले दुबईमा गरेको छ । रासस/एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्