arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विराट एक्स्पोमा नाडालाई निमन्त्रणा

२०७६ पौष, २९  
बजार
NA


काठमाडौं (अस) । आगामी फागुन २ गतेदेखि १० गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोमा सहभागी हुन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)लाई निमन्त्रणा गरिएको छ । उक्त एक्स्पो प्रवर्द्धनका लागि  काठमाडौं आएको आयोजक समेत रहेको 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहितको टोलीले सोमवार नाडाका प्रतिनिधिहरूलाई भेट गरी निमन्त्रणा दिएको हो । 

नाडाको सचिवालयमा भएको भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडालाई देशव्यापी बनाउन पहल भइरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्ससहित लुब्रिकेन्ट्स उद्योग पनि धेरै पूर्वमै स्थापना भएको बताए । अब पनि अटोमोबाइल उद्योग स्थापना गर्नका लागि उद्योग संगठन मोरङले पहल गर्नेमा आफू विश्वस्त रहेको उनले थपे । सो अवसरमा मोरङ उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले उद्योग व्यवसायको खस्किँदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गर्न आग्रह गर्दै अटोमोबाइल व्यवसायको प्रवद्र्धन र सम्वद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्