arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तुलसीपुर महोत्सव माघ ९ गतेदेखि

२०७६ पौष, २९  
बजार
NA


दाङ (अस) । तुलसीपुर उद्योग वाणिज्य संघले आगामी माघ ९ गतेदेखि १९ गतेसम्म दाङको तुलसीपुरमा ‘तुलसीपुर महोत्सव २०७६’ आयोजना गर्ने भएको छ । महोत्सव सफल बनाउन आयोजक संघले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अगाडि बढाएको छ । 

महोत्सव मूल आयोजक समितिको आइतवार बसेको बैठकले महोत्सव मूल आयोजक समितिको संयोजकमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतलाई तोकेको छ । त्यस्तै महोत्सव निर्देशन समिति संयोजकमा संघका निवर्तमान अध्यक्ष विमल रिजाल तोकिएका छन् । 

त्यसैगरी रामप्रसाद चालिसेको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन उपसमिति, मीनराज भण्डारीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, ललितजंग शाहको संयोजकत्वमा सांस्कृतिक उपसमिति र रूपबहादुर खत्रीको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति बनाइएको छ । 
यस्तै  डिल्लीबहादुर ओलीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र विनिल केसीको संयोजकत्वमा टिकट व्यवस्थापन उपसमिति गठन गरिएको संघले बताएको छ । 

त्यस्तै बाल उद्यान व्यवस्थापन उपसमितिमा देवबहादुर केसी, सुरक्षा व्यवस्थापन उपसमितिमा यज्ञबहादुर केसी, आवास तथा भोजन व्यवस्थापनमा टेकप्रकाश केसी, साउन्ड सिस्टममा सुनील आचार्य, पार्किङ व्यवस्थापनमा तुले दमाई, खेलकुद व्यवस्थापनमा हेमेन्द्र खड्का, शोभायात्रामा हेमराज गौतम संयोजक तोकिएका छन् । यस्तै महिला उद्यमी व्यवस्थापन उपसमिति संयोजक सपना बस्नेतलाई तोकिएको छ । 

यस्तै संघले कृषि प्रदर्शनीमा पवित्रा केसी, ब्याच व्यवस्थापनमा यमकुमारी घिमिरे, योगा व्यवस्थापनमा दुर्गा भण्डारी, प्रमाणपत्र व्यवस्थापनमा भूपाल रावत, यातायात र स्वयंसेवक व्यवस्थापनमा सुरेश हमाल, मञ्च व्यवस्थापनमा नारायण खनाल, सञ्चार व्यवस्थापनमा शरद रेग्मी र स्वास्थ्य व्यवस्थापन तथा मूल्यांकन उपसमितिमा राजेन्द्रप्रसाद श्रेष्ठलाई संयोजक तोकेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्