ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कम जोखिम भएका आर्थिक गतिविध सुचारु गर्दै इरान

२०७६ चैत, २२  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २३, तेहरान (इरान) । इरानले थोरै जोखिमयुक्त आर्थिक गतिविधि अप्रिल ११ देखि सुचारु गर्ने भएको छ । त्यहाँका राष्ट्रपति हसन रुहानीले आइतवार यस्तो बताएका हुन् । 

इरान कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न संघर्षरत छ । यस्तोमा भाइरस प्रसार हुन नदिन अपनाइएका सार्वजनिक जीवनलाई सीमित पार्ने खालका उपायहरुले अमेरिकी प्रतिबन्धका कारण पहिला देखि नै तहसनहस भएको अर्थतन्त्र थप खराब हुने चिन्ता अधिकारीहरुलाई छ । 

‘स्वास्थ्य मन्त्रालयको निगरानीमा न्यून जोखिम भएका सबै आर्थिक गतिविधि शनिवार देखि सुचारु गरिनेछ,’ टेलिभिजन प्रसारणमा रुहानीले भने । तेहरानमा भने यस्ता गतिविधिहरु अप्रिल १८ देखि सुचारु हुने बताइएको छ । 

शनिवारदेखि इरान सरकारका दुई तिहाइ कर्मचारीले कार्यालय बाहिरबाट  काम गर्ने समेत उनको भनाइ छ । यो निर्णय स्वास्थ्य अधिकारीहरुको घरमै बस भन्ने सुझावसँग नबाझिनेछ उनले बताए । 

कम जोखिम भएका गतिविधि भन्नाले के के हुन् भन्ने चाँहि रुहानीले खुलाएका छैन । यद्यपि विद्यालय, विश्वविद्यालय, र अन्य सामाजिक, सांस्कृतिक, खेलकूद र धार्मिक कार्यक्रम जस्ता उच्च जोखिम भएका कृयाकलापमा लगाइएको रोक अप्रिल १८ सम्म विस्तार गरिएको चाँहि उनले बताएका छन् । 

इरानमा शनिवारसम्म भाइरसबाट संक्रमितको संख्या ५५ हजार ७४३ जना पुगेको छ भने मर्नेको संख्या ३ हजार ४५२ नाघेको छ । स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणबारे चेतावनी दिदैँ लकडाउन गर्न सुझाव दिएको भएपनि रुहानी सरकारले शहरमा लकडाउन गरेको छैन । तर एक शहरबाट अर्को शहरमा यात्रामा भने प्रतिबन्ध लगाइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्