ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना असरले अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

२०७६ चैत, २२  
समाचार
NA

चैत २३, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन् २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको हो ।

विमानस्थलको निर्माणमा धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले बताएको छ । रासस

निर्माण कार्यमा स्थानीय मजदूरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरीद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा रू.६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो, जसको सन् २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो ।

तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताए ।

एशियाली बिकास बैंक (एडीबी) को क्रण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्दा ठूलो विमानस्थल हो । यस विमानस्थलको कुल ७८७ विघाहा क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ ।

विसं २०२३ देखि आन्तरिक उडान गर्दै आएको सो सो विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश नं ५ को आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्