ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गाउँपालिकाको कोरोना राहत कोषमा सघाउँदै प्रवासी नेपाली

२०७६ चैत, २२  
गण्डकी प्रदेश
NA
author avatar अर्जुन कार्की

चैत २३, बागलुङ । काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा प्रवासी नेपालीहरूले साथ दिएका छन् । गाउँपालिकाले १६ चैतमा स्थापना गरेको कोरोना रोकको रोकथाम र व्यवस्थापन कोषमा विदेशमा रहेका काठेखोलावासीले सहयोग शुरू गरेका छन् ।

गाउँपालिकाले १० लाख रुपैयाँ राखेर स्थापना गरिएको कोषमा विदेशमा रहेका नेपालीले उलेख्य सहयोग गरेको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए । अनलाइन मार्फत बसेको गाउँ कार्यपालिकाको बैठकले कोषको स्थापना गरी सहयोगका लागि अन्य संघसंस्था र व्यक्तिहरूलाई आग्रह गरेको थियो ।

उक्त कोषमा गाउँपालिकाको बाहेक संघसंस्था र व्यक्तिबाट ४ लाख रुपैयाँ संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले बताए । कोषमा सहयोग गर्ने संघ, संस्था र व्यक्तिको संख्या बढ्दो रहेको भन्दै उनले आर्थिक सहयोग गर्न चाहनेहरूले नेपाल बैंकमा रहेको काठेखोला गाउँपालिकाको कोरोना रोग रोकथाम तथा व्यवस्थापन कोषको खाता नं ०२२००१०६८३३२५८०००००१ मा जम्मा गरिदिन सक्ने बताए ।

उक्त कोषको रकमले औषधि, उपकरण, स्वास्थ्यकर्मीका लागि सुरक्षाका साधन, मास्क, स्यानिटाइजर, साबुन, सरसफाइ सम्बन्धी सामग्री खरीदका साथै खरीद श्रमिक तथा असहायका लागि राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले जानकारी दिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्