arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटन सूचना केन्द्र ४ वर्षदेखि बन्द

२०७६ पौष, २९  
प्रदेश ०५
NA


रूकुम (अस) । रूकुम पश्चिमको सदरमुकाम मुसीकोट खंलगामा रहेको पर्यटन सूचना केन्द्र करीब ४ वर्षदेखि बन्द रहेको छ । पर्यटकीय क्षेत्रको सूचना संकलन गर्ने, प्रचारप्रसार गरी आन्तरिक तथा बा≈य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र आर्थिक अभावले ४ वर्षदेखि बन्द भएको पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले जानकारी दिए । 

बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए । ‘२०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो,’ उनले भने, ‘त्यस यता ४ वर्षको भाडा झन्डै डेढ लाख रुपैयाँ भएको छ । सो तिर्न नसक्दा भ्रमण वर्षमा समेत कार्यालय सञ्चालनमा ल्याउन सकिएको छैन ।’

भ्रमण वर्षमा समेत सूचना केन्द्र सञ्चालन हुन नसक्दा पर्यटकलाई समस्या परेको स्थानीयको भनाइ छ । ‘पर्यटन वर्ष २०२० चलिरहँदा सूचना केन्द्र बन्द भएकाले पर्यटकीय स्थलको  प्रचार प्रसार हुन नसकेको स्थानीय लोबहादुर खत्रीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्