ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भैरहवा भन्सारद्वारा २९ करोडभन्दा बढी राजस्व संकलन          

२०७६ चैत, २२  
प्रदेश ०५
Image Not Found

चैत २३, भैरहवा । भैरहवा भन्सार कार्यालयले कोभिड–१९ संक्रमण तथा रोकथामका लागि शुरु भएको लक डाउनको अवधिको १२ दिनमा रू. २९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा रू.२९ करोड २५ लाख राजस्व संकलन गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले बताएको छ ।     
     
 यस अवधिमा उक्त भन्सार नाकाबाट ग्यास बुलेट १९९, पेट्रोल ट्यांकर ३५, डिजेल ट्याङ्कर १२ र अन्य १ हजार ३१७ मालवाहक ट्रक भन्सार पास भएको भैरहवा भन्सार कार्यालयका कार्यालय प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए ।

लकडाउनको अवधिमा चामल, हरियो तरकारी, फलफूल, सर्जिकल तथा मेडिकल सामानहरु, साबुन, प्लाई, कोइला र अन्य समानहरु भारतबाट आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूण्यप्रसाद लम्सालले बताए ।
    
     
 नेपालको दोस्रो ठूलो यस भन्सार कार्यालयको दैनिक राजस्व संकलनको लक्ष्य रू.२६ करोड ६७ लाख रहेको छ । लक डाउनका कारण राजस्व संकलनमा पनि असर परेको सूचना अधिकारी लम्सालले बताए ।

 भन्सार एजेन्ट संघ भैरहवा शाखाका उपाध्यक्ष मधुप्रसाद पन्थीले खाद्यान्न तथा आलु, प्याज र हरियो तरकारी आउनमा कुनै कमी नआएको बताउँदै बढी भन्सार शुल्क लाग्ने जीप, कार भ्यान, मोटरसाइकल, मार्बल, मोटर पार्टपूर्जा, विद्युतीय सामानहरु र उद्योग कच्चापदार्थहरु नआउँदा भन्सार राजस्वमा कमी आएको जानकारी दिए ।

नेपाल सरकारले भन्सार नाकामा मानिसहरुको आवतजावतमा रोक लगाए पनि ढुवानी गर्नमा भने खुला गरेको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्