arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्यूठानमा रोकिएन सरकारी सवारी दुरुपयोग

२०७६ पौष, २९  
प्रदेश ०५
Image Not Found


प्यूठान (अस) । सामान्यतः सरकारी सवारीसाधन कार्यालय समय र प्रयोजनभन्दा अन्य काममा प्रयोग गर्न पाइँदैन । बिदाको दिन  तथा अत्यावश्यक कामका लागि सवारी चलाउनु परेमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । तर, प्यूूठानका सरकारी कार्यालय तथा स्थानीय तहका सवारीसाधन भने अनुमतिविनै व्यक्तिगत तथा अन्य प्रयोजनका लागि प्रयोग हुँदै आएका छन् । राज्यकोषबाट करोडौंै रुपैयाँ खर्चेर खरीद गरिएका सवारीसाधन जिल्लाका सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधि आफूखुशी प्रयोग गर्दै आएको पाइएको छ ।   

जिल्ला प्रशासनको अनुमतिबिना कर्मचारीले मोटरसाइकल, कार, भ्यान लगायत सवारीसाधन मेला महोत्सव, वनभोज, विवाह, घरायसी लगायत काममा प्रयोग गर्ने गरेको जिल्लाका सर्वसाधारणले बताएका छन् । अझ कतिपय कर्मचारीले धान, गहुँ, पराल बोक्ने काममा समेत सरकारी सवारीसाधन प्रयोग गर्ने गरेको उनीहरूको भनाइ छ । सरकारी सवारीसाधनको दुरुपयोग रोक्न नियामक निकायले चासो नदिएको सर्वसाधारणको गुनासो छ । 

प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले भने सरकारी सवारीसाधन दुरुपयोगबारे अनुगमन गरिरहेकोे बताए । ‘हामीले सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन ट्राफिक प्रहरीमार्फत अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म दुरुपयोगका बारेमा हामी कहाँ उजुरी परेको छैन, उजुरी आएमा दुरुपयोग गर्नेलाई कडा कारबाही गर्नेछौं ।’ सवारीसाधन दुरुपयोग रोक्ने अधिकार स्थानीय तहलाई पनि भएकाले अनुगमन गर्न सक्ने प्रजिअ पन्थले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्