arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘भ्रमण वर्षमा पर्यटन व्यवसायीलाई कर छूट दिनुपर्छ’ 

२०७६ पौष, २९  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

बारा । प्रदेश सांसद सुन्दर विश्वकर्माले नेपाल भ्रमण वर्ष २०२० मा होटल तथा पर्यटन व्यवसायीलाई करमा छूट दिनुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष जिल्ला समन्वय समिति बारा र होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सोमवार सिमरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नयाँ लगानीकर्तालाई पर्यटन व्यवसायमा आकर्षित गर्न कर छूट दिनुपर्ने बताएका हुन् । 

सरकारले विशेष आर्थिक क्षेत्र (सेज)मा नयाँ उद्योग स्थापना गर्दा ५ वर्ष कर छूट दिने नियम बनाएको उल्लेख गर्दै पर्यटन व्यवसायीलाई पनि सरकारले १ वर्ष कर छूट दिनुपर्ने विश्वकर्माको भनाइ छ । ‘सरकारले नयाँ व्यवसायीलाई आकर्षित गर्न प्याकेज घोषणा गरी केके कुरामा छूट तथा सुविधा दिन सकिन्छ, त्यो दिनुपर्छ,’ उनले भने, ‘व्यवसायीले पनि पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज ल्याउन जरुरी छ ।’ उनले प्रदेश सरकारले पर्यटन ऐन ल्याउनुपर्ने बताए । पर्यटकको सुरक्षाका लागि सरकारले पर्यटक प्रहरी थप गर्नुपर्ने उनको भनाइ छ । 

पर्यटनलाई विकासका रूपमा स्थानीय सरकारले नबुझ्दा समस्या भएको सांसद विश्वकर्माले बताए । ‘सडक र पुल निर्माण मात्र विकास हो भनेर बुभ्mनु  हुँदैन,’ उनले भने, ‘पर्यटन विकासका लागि स्थानीय सरकार पनि प्रतिबद्ध हुन आवश्यक छ ।’ कार्यक्रममा नेपाल भ्रमण वर्ष जिल्ला समन्वय समिति बाराका सदस्य महेश्वर अधिकारीले जिल्लाका पर्यटकीय गन्तव्यका बारेमा भिडियोमार्फत जानकारी गराएका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्