ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्रिटानिया नेपालद्वारा पीपीई हस्तान्तरण

२०७६ चैत, २३  
बजार
NA


काठमाडौं (अस) । ब्रिटानिया नेपालले वीरगञ्जको नारायणी अस्पताललाई ३० थान व्यक्तिगत सुरक्षा कवज (पीपीई) हस्तान्तरण गरेको छ । ब्रिटानियाका प्रबन्धक प्रबोध खेरले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई बिहीवार सो सामग्री हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग व्यवस्थापनले काठमाडौंमा निर्मित पीपीई उपलब्ध गराएको खेरले बताए । सहयोगबाट अस्पताललाई कोरोना भाइरससँग लड्न थप सहज हुने उनको विश्वास छ । बिस्कुट र बिस्कुटजन्य खाद्य उत्पादनमा परिचित ब्रिटानिया बहुराष्ट्रिय कम्पनी हो । यसका गुडडे, डाइजेष्टिभ, टाइगरलगायत विस्कुट नेपाली बजारमा परिचित नाम हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्