ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना जनसुरक्षा कोषमा चार बैंकको सहयोग

२०७६ चैत, २३  
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । एक्सेल डेभलपमेन्ट, सालपा विकास, मितेरी डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकले कोरोना जनसुरक्षा कोषमा रू. १५ लाख ५० हजार रूपैयाँ सहयोग गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न प्रदेश १ सरकारले स्थापना गरेको ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’ मा उक्त रकम जम्मा गरिएको बताइएको छ । कोषको नाममा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय बिराटनगरमा जम्मा हुने गरी सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकले रू. ५÷५ लाख जम्मा गरेका छन् भने सालपा विकास बैंकले रू. ५० हजार उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्