ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘ह्यन्दे केयर’ शुरू

२०७६ चैत, २३  
बजार
NA

काठमाडौं (अस) । नेपालको लागि ह्यन्दे मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  ‘ह्यन्दे केयर’ कार्यक्रम शुरू गरेको छ । कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी संकटलाई दृष्टिगत गरी यो कार्यक्रम शुरू गरेको कम्पनीले बताएको छ । यो नयाँ कार्यक्रमले ह्यन्देका ग्राहकलाई वर्तमान परिस्थितिमा सवारीसाधनको मर्मतमा सहजता प्रदान गर्नेछ । साथै कम्पनीले वास्तविक वारेन्टी भएका सबै ह्यन्दे गाडीको वारेन्टी २ महीना थप गरेको छ । यो अफरमा निस्शुल्क सेवा, आधारभूत वारेन्टी र एएमसी सेवा समावेश गरेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्