ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कामना सेवा विकास बैंकद्धारा खाद्य सामग्री सहयोग

२०७६ चैत, २३  
शेयर / बैङ्किङ गतिविधि
NA

चितवन । कामना विकास बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका–१० स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्रीसहित सेनिटाइजर र मास्क सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक सहितको टोलीले आइतवार १ हप्तालाई पुग्ने खाद्य सामग्री सहयोग गरेको हो ।

बैंकका शाखा प्रबन्धक सुरेश घिमिरले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सामग्री प्रदान गरिएको बताए । देशनै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै उनले आश्रममा रहेका बेसहारा वृद्धवृद्धालाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको उनको भनाई छ । उक्त आश्रममा मानसिक सन्तुलन ठीक नभएका, बेसहारा र सहयोगापेक्षी गरी ६० जना आश्रित छन । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्