arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : विश्वभर सन् २०१८ मा ११ अर्बको अप्रशोधित कपाल आयात

२०७६ पौष, २९  
अंक समाचार
Image Not Found


काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वभर ९ करोड ५१ लाख अमेरिकी डलर (रू. १० अर्ब ९४ करोड) बराबरको मानवको अप्रशोधित कपाल आयात भएको छ । यसअनुसार त्यत्तिकै खेर गइरहेको मानवको रौंलाई व्यवस्थित गर्न सके नेपालबाट पनि निर्यातको प्रशस्त सम्भावना देखिन्छ । यसका लागि सैलुनहरूको क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई निर्यात अभिमुखीकरणसम्बन्धी तालीम प्रदान गर्नु आवश्यक छ । साथै मानिसहरूले कपाल कोर्दा त्यत्तिकै खेर जाने रौंलाई व्यवस्थित रूपमा जम्मा पारी विक्री गर्ने व्यवस्था हुन पनि जरुरी छ । यसरी हेर्दा सामान्य लाग्ने मानव कपालको विश्वबजार आर्कषक देखिन्छ । नेपालले पनि आर्थिक वर्ष सन् २०१२/१३ देखि मानवको अप्रशोधित कपालको व्यवस्थित निर्यात गर्न थालेको पाइन्छ । आर्थिक वर्ष सन् २०१४/१५ मा रू. १ करोड ७३ लाख बराबरको मानव कपाल नेपालबाट निर्यात भएको देखिन्छ । यस क्षेत्रलाई प्राथमिकतामा राख्ने हो भने नेपालले विश्वको मानव कपाल बजारबाट प्रशस्त फाइदा लिन सक्नेछ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्