ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्योगीका संगठनले गरे २४ लाखको खाद्यान्न सहयोग

२०७६ चैत, २३  
प्रदेश ०१
NA

विराटनगर (अस) । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको कारण दैनिक विपन्न वर्गको दिनचर्या चलाउन परिरहेको कठिनाइ सहज बनाउन उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले खाद्य सामग्री सहयोग गरेका छन् । दुवै संगठनले संयुक्त रूपमा रू. २४ लाख बराबरको २ हजार १०० प्याकेट खाद्य सामग्री आइतवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाका साथै दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा मुख्यमन्त्री राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई पनि आइतवार नै विराटनगर महानगरपालिकाको कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

कोरोना जनसुरक्षा कोषबाट वितरण हुनेगरी हस्तान्तरण गरिएको हो, जसमध्ये १ हजार ३०० प्याकेट प्रदेश सरकार, ३५० प्याकेट विराटनगर महानगरपालिका, २०० प्याकेट दुहवी नगरपालिका, १२५ प्याकेट बुढीगंगा गाउँपालिका र १२५ प्याकेट कटहरी गाउँपालिका मार्फत उपलब्ध गराइनेछ ।

यस्तै कविन इन्टरनेशनल प्रालि, विराटनगरले इनरुवा नगरपालिकालाई ५ हजार केजी चामल प्रदान गरेको छ । आइतवार संस्थाले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालाई उक्त परिमाणको चामल हस्तान्तरण गरेको हो । कम्पनीका सञ्चालक युवा व्यवसायी कविन श्रेष्ठ इनरुवा नगरपालिका निवासी हुन् । उनी लामो समयदेखि विराटनगरमा रहेर व्यापार, व्यवसायका साथै सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् । संस्थाले प्रदान गरेको चामल गरीब, विपन्न र खान समस्या परेकाहरूलाई बाँडिने नगरपालिकाले बताएको छ । यसअघि कोशी बाढीपीडितलाई समेत सो संस्थाले राहत सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्