arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मासिदै झिमरुक फाँट, अव्यवस्थित सहरीकरणले जोखिम बढ्दै

२०७६ पौष, २९  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

पुस २९, प्यूठान । प्यूठानको खेतीयोग्य जमीनलाई आवासीय रुपमा प्रयोग गर्ने क्रम बढ्दै गएको छ । केहि वर्ष यतादेखि खेतीयोग्य जमीन आवासीय रुपमा प्रयोग हुँदा प्यूठान जिल्लाको खाद्यान्न उत्पादनको आधा हिस्सा ओगट्ने झिमरुक फाँट घरहरुले भरिन थालेको छ ।


कम खेतीयोग्य जमीनमा आवास र धेरै उब्जनी हुने जमीनमा खेती गर्नुपर्ने नियम भएपनि यो नियम कडाइका साथ लागू नहुदाँ प्यूठानका अधिकांस खेतीयोग्य जमीनमा भबन ठडिदै गएको छ ।
 

जिल्लाका बिभिन्न स्थानबाट बसाईंसराई गरेर आउँदा झिमरुक फाँटमा दैनिक घर बनिरहंदा  एकातिर खेतीयोग्य जमीन मासिदै गएको छ भने अर्कातिर अव्यवस्थित सहरीकरण पनि बढ्दै गएको छ । 


झिमरुक फाँटमा धमाधाम घरहरु निर्माण हुदाँ अत्यावश्यक सडक लगायतका पूर्वाधारहरु पुगेको छैन भने ढलको निकास पनि छैन । नगरपालिकाको मापदण्द विपरित घरहरु निर्माण हुँदा जोखिम बढ्दै गएको छ ।

झिमरुक फाँटमा निर्माण हुने घरहरु मध्ये ९८ प्रतिशत घरहरु आफुखुशी निर्माण गर्ने गरिएको प्यूठान नगरपालिकाले बताएको छ । भबन निर्माण सम्बन्धी मापदण्द भएपनि मापदण्द अनुसार घर नबनेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।

‘यहाँ बन्ने घरहरु आफुखुशी बनाउने चलन रहेको छ’, उनले भने, ‘मापदण्द विपरित घर बन्दा जोखिम पनि बढ्दै गएको छ ।’ प्यूठानका ग्रामिण क्षेत्र डामृ, लिवांग, खवांग लगायतका गाउँमा बसाईंसराई गरेर यस क्षेत्रमा आउने गरेका छन् ।

 नगरपालिकाले व्यवस्थित बस्ति बिकासका लागि खैरा, दाखाक्वाडी, रातामाटा, टारी,पुण्यखोला, टिकुरी,दम्ती लगायतका क्षेत्र निर्धारण गरेकोमा यो निर्णयलाई बेवास्ता गर्दै फाँटमा धमाधम भबन निर्माण भइरहेको छ । 

झिमरुक फाँट संरक्षणका बिषयमा पटक– पटक सवाल उठेपनि फाँट संरक्षण भने हुन सकेको छैन । यस फाँटमा वार्षिक ३००/ ४०० घर निर्माण हुने गरेका छन् । प्यूठानको गौरवका रुपमा रहेको झिमरुक फाँट मासिदै गएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्