arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिलो घण्टामा ४.२६ अंकले घट्यो नेप्से (१२ बजेको अपडेट)

२०७६ पौष, २९  
नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको पहिलो घण्टामा ४ दशमलव २६ अंकले घटेर १ हजार २६६ दशमलव ६० विन्दुमा पुगेको छ । १ हजार २७१ दशमलव १२ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ३४ प्रतिशत घटेको हो । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । पहिलो घण्टाको कारोबारमा १५५ ओटा कम्पनीको रू. २५ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. १ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ४४५ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा डिप्रोक्स लघुवित्तको रू. ९६ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू.१ हजार ३५ रहेको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्