arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्रा

२०७६ पौष, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । भारतले नेपालको लागि  नयाँ राजदूतमा विनयमोहन क्वात्रालाई नियुक्त गरेको छ ।

यसअघि नेपालका लागि राजदूत मञ्जिभसिंह पुरी थिए । उनको तीन वर्षे कार्यकाल  गत डिसेम्वरमा सकिएको थियो ।

विनय मोहन यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सको राजदूत थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सह–सचिवका रूपमा काम गरिसकेका छन् ।

राष्ट्रसंघका लागि जेनेभा तथा न्यूयोर्क  र चीनमा काम गरिसकेका उनी अनुभवी कूटनीतिज्ञको रूपमा चिनिन्छन् ।

क्वात्रा फेब्रुअरीको पहिलो साता काठमाडौं आइपुग्ने छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्