arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जिर्ण बनेपछि धुलिखेल–सिन्धुली–बर्दिवास सडक कालोपत्र शुरु      

२०७६ पौष, २९  
समाचार
Image Not Found

पुस २९, काठमाडौं । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । 

चालू आर्थिक वर्षमा झण्डै ४२ किलोमिटर सडक स्तरोन्नतिको योजना रहेकामा अहिलेसम्म पाँच किमी सकिएको र बाँकी सडक स्तरोन्नति हुने क्रममा रहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले बताएको छ ।     
     
 १६० किलोमिटरको सो सडकमा चार खण्ड छन् । चारै खण्डमा मर्मतको काम भइरहे पनि पहिले सम्पन्न नेपालथोक–धुलिखेल खण्डमा सडक मर्मत गर्नुपर्ने देखिएको छ । यो सडक सम्पन्न भएको झण्डै १८ वर्ष भइसकेको छ । 

सबैभन्दा पछि सम्पन्न भएको खण्डसमेत आठ वर्ष भइसकेकाले अहिले मर्मत गर्न लागिएको आयोजना व्यवस्थापक सुर्यबहादुर भाटले बताए ।
उनले भने, ‘स्तरोन्नतिका लागि ठेक्का सम्झौता पनि भइसकेको छ ।’     
     
 काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने मार्गका रूपमा रहेको सो सडक जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । 

सडक चार खण्डमा निर्माण भएको थियो । सोमध्ये बर्दिवास–सिन्धुली बजार (३७ किमी लम्बाइ), सिन्धुलीबजार–खुर्कोट (३७ किमी ), खुर्कोट–नेपालथोक (३७ किमी) र नेपालथोक–धुलिखेल (५०) किमी रहेको छ । 

जापान सरकारको सहयोगमा सन् १९९६ मा निर्माण शुरु गरेर सडक सन् २०११ मा सम्पन्न भएको आयोजनाले बताएको छ । नौ पुल रहेका उक्त सडक खण्डमा सवारी साधनको गति २० देखि ४० किमी रहेको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्