arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

८.६९ अंकले घट्यो नेप्से, ७३ करोडको शेयर कारोबार (२ बजेको अपडेट)

२०७६ पौष, २९  
नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ८ दशमलव ६९ अंकले घटेर १ हजार २६२ दशमलव १७ विन्दुमा पुगेको छ । १ हजार २७१ दशमलव १२ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ६८ प्रतिशत घटेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ । तेस्रो घण्टाको कारोबारमा १७६ ओटा कम्पनीको रू. ७३ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा प्रभु बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ११ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. १२७ मा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्