arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मध्य भोटेकोशीले गर्‍यो आईपीओ जारी गर्न प्रत्याभूति सम्झौता

२०७६ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । १०२ मेवा क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले प्राथमिक सार्वजनिक निस्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन  उक्त आयोजनाले रू. १ अर्ब ५० बराबरको आईपीओ जारी गर्न मंगलवार नागरिक लगानी कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
अव आयोजनाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २५ प्रतिशत सेयर निष्कासन गर्नका लागि  प्रक्रिया अगाडि बढाउने छ ।

सम्झौताअनुसार आयोजनाले प्रभावित क्षेत्र बासिन्दाका लागि १० प्रतिशतका दरले ६० लाख कित्ता सेयर जारी गर्नेछ । यसैगरी सर्वसाधारणका लागि १५ प्रतिशतको ९० लाख कित्ता जारी गर्नेछ ।

कुल १ करोड ५० लाख कित्ता सेयरबापत रू. १ अर्ब ५० करोडबराबरको सेयर दोस्रो चरणमा सार्वजनिक निष्कासन गर्नका लागि आयोजनाले कोषसँग प्रत्याभूत सम्झौता गरेको हो ।

सम्झौतामा सेयरधनीतर्फ छुट्याइएको ५१ प्रतिशतको शतप्रतिशत असुल भएको  उल्लेख गरिएको छ । 

बाँकी ४९ प्रतिशत  शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कर्मचारीका लागि प्रथम चरणमा निष्कासन गरिएको थियो । जुन सेयर पुस ४ गते सम्ममा बाँडफाटसमेत भइसकेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्