arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१०.५२ % लाभांश पारित गर्दै युनाईटेड फाईनान्स लिमिटेडको साधारण सभा सम्पन्न

२०७६ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले मंगलवार २५ औं वार्षिक साधारण सभा  सम्पन्न गरेको छ ।


साधारण सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ५२% नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको  छ ।
सभाले कम्पनीको आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ ।

सोही सभाले आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चोेैधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रालिको तर्फबाट रोशन अधिकारी, एमएडव्लु इन्टरप्राइजेज प्रालिका तर्फबाट विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा र मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

गत आवमा कम्पनीले रू.६ अर्ब ५५ करोड  निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रू. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रू. १८ करोड ५ लाख र खुद मुनाफा रू. ९ करोड ९९ लाख आर्जन गरेको सभामा जानकारी दिइयो । 

कम्पनीले आफ्ना २३ ओटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको थियो । सभाको अध्यक्षता कम्पनीका अध्यक्ष वसन्त कुमार चौधरीले गरेका थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्