arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सम्पन्न गर्‍यो २३औं साधारण सभा

२०७६ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सोमवार सम्पन्न  भएको छ ।

साधारण सभाले आव २०७५/ ७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले गत आवमा गरेका कार्यक्रम तथा गतिविधिहरू बारे प्रकाश पारेका थिए ।

उनले वित्तीय संस्था आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा अक्विजिशनमा नजाने जानकारी दिंदै संस्थालाई अझ सबल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै  स्तरोन्नतिका निम्ति प्रयासरत रहने  बताए ।

यस्तै हाल कम्पनीले ६ ओटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ४ ओटा शाखा कार्यालयहरू थप  गर्ने योजना बनाएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्