arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२० % लाभांश पारित गर्दै लुम्बिनी विकास बैंकको १२औं सभा सम्पन्न

२०७६ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं ।  लुम्विनी विकास बैंक लिको १२ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । 

सभाले  आव २०७५/ ७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पूँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।


यसैगरी सभाले आव २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

उक्त बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ७१ करोड ६३ लाख पुगेको छ । कम्पनीले हालसम्म ६६ शाखाहरु र १६ ओटा एटीएमबाट बैंकिङ्ग सेवा प्रदान आइरहेको छ ।

बैंकले २०७६ मंसिर मसान्तसम्म कर्जा लगानी रू.२३ अर्ब ९४ करोडका साथै निक्षेप संकलन रू.२७ अर्ब ८ करोड  गरेको सभामा जानकारी दिइयो । सभाको अध्यक्षता कम्पनीका अध्यक्ष दशरथ रिसालले गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्