arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१३ % लाभांश पारित गर्दै आइसिएफसिको १६औं सभा सम्पन्न

२०७६ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको १६ औंं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

उक्त साधारण सभाले गत आवको मुनाफाबाट चुक्तापूँजीको ८प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थाको नियामावली अनुसार सर्वसाधारण समुहबाट प्रतिनिधित्वका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका टंकराम गौतम, अच्युतराज आचार्य र हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि संचालकमा चयन गरेकोे छ । 

चुक्तापूँजी रू.८८ करोड २१ लाख रहेको उक्त कम्पनीले हालसम्म आफ्नो १८ ओटा शाखा तथा एक ओटा एक्सटेन्सन काउन्टार र १७ ओटा एटीएम मार्फत  बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्