arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा अमेजन, वालमार्ट अनुसन्धानको घेरामा 

२०७६ पौष, २९  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २९, नयाँ दिल्ली (भारत) । भारतले अमेरिकी अनलाइन खुद्रा विक्रेता कम्पनी अमेजन र अमेरिकी बहुराष्ट्रिय खुद्रा विक्रेता वालमार्टमाथि अनुसन्धान थालेको छ ।
 

प्रतिस्पर्धा विरोधी कानून मिचेको आरोपमा त्यहाँको नियामकले सोमवार अमेजन र वालमार्टको भारतीय सहायक कम्पनी फिल्पकार्टमाथि अनुसन्धान शुरु गरेको हो । 

दुबै कम्पनीहरुले ‘मन परेका’ केही  विक्रेताहरुलाई प्रवर्द्धन गरेर साना विक्रेताहरुको व्यवसायमा क्षति पुर्‍याएको आरोपहरुको समीक्षा पछि यस्तो आदेश दिइएको भारतीय प्रतिस्पर्धा आयोग ‘सीसीआई’ले बताएको छ । 

कम्पनीको एक कार्यक्रमका लागि अमेजनका प्रमुख कार्यकारी जेफ बेजास भारत आउने अपेक्षा गरिएकै समयमा अनुसन्धानको आदेश आएको छ । 

अनुसन्धानमा अनलाइन कम्पनीहरुले दिने छूट र त्यस्ता विक्रेताहरुसँगको सम्बन्ध लगायतका पक्षबारे छानबिन हुने बताइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्