arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेशनल लाईफबाट १ करोड ३ लाख १५ को मृत्यु दावी भुक्तानी

२०७६ पौष, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १ करोड ३ लाख १५ हजार मृत्यु दावी भुक्तानी गरेको छ । 

झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा मंगलवार एक कार्यक्रमको आयोजना गरी उक्त कम्पनीले स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको हो ।
 स्व. इन्द्र प्रसाद दंगालले विसं २०७६ साल असार ३१ गते रू. ५० लाखको दोहोरो दुर्घट्ना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेका थिए ।

निजको दुर्घटनाबाट मृत्यु भएको थियो ।

विमितका पत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बीमा दावी वापत उक्त रकम प्रदान  गरेका थिए ।

कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले आवश्यक कागजात प्राप्त भएको १५ दिनमा फछर्यौट गरिएको बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्