ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हवाई मार्गबाट भित्रिने पर्यटकको संख्यामा २० प्रतिशतले वृद्धि

२०७६ माघ, १  
प्रदेश गण्डकी
NA
author avatar नरहरि पौड्याल

कास्की । पर्यटकीय नगरी पोखरामा हवाई मार्गबाट आउने आन्तरिक तथा बा≈य पर्यटकको संख्या २० प्रतिशतले वृद्धि भएको छ । पोखरा विमानस्थलको तथ्यांकअनुसार सन् २०१९ मा हवाइमार्ग प्रयोग गरी ७ लाख ३३ हजार १ सय २९ पर्यटक पोखरा आवतजावत गरेका छन् । यो गतवर्षको तुलनामा १ लाख २३ हजार १ सय ५४ जनाले बढी हो । सन् २०१८ मा हवाई उडानबाट ६ लाख ९ हजार ९ सय ७५ जनाले हवाईयात्रा गरेका थिए । 

सन् २०१९ मा काठमाडौं, भरतपुर, भैरहवा, मुस्ताङ र माउन्टेन प्mलाइट गरी ३ लाख ६५ हजार ९ सय ३५ जना पर्यटक पोखरा भित्रिएको नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । यस वर्ष ३ लाख ६७ हजार १ सय ९४ हवाई यात्रु पोखराबाट बाहिरिएको उनले बताए । 

हवाई यात्रु बढे पनि उडान संख्या भने ५ प्रतिशतले घटेको सुवेदीले जानकारी दिए । सन् २०१८ मा पोखराबाट ४२ हजार ३ सय ५८ ओटा हवाई उडान भएका थिए भने यस वर्ष ४० हजार २ सय ५२ ओटा उडान भएको उनले बताए । उनका अनुसार यति र बुद्धले धेरै सीट क्षमताका जहाज प्रयोगमा ल्याएपछि हवाई उडान कम हुँदा पनि पर्यटकको संख्या वृद्धि भएको हो । २०१९ मा २ लाख १ हजार २ सय ७९ जना विदेशी पर्यटकले हवाई उडानबाट पोखरा आवतजावत गरेका थिए । 

मुलुकमा शान्ति, सुरक्षाको प्रत्याभूति र बढ्दो घुम्ने संस्कृतिले हवाई मार्गबाट पोखरा आउने पर्यटकको संख्यमा उल्लेख्य वृद्धी भएकोे नागरिक उड्डयन प्राधिकरण पोखराका कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।

पोखराबाट दैनिक काठमाडौं, भैरहवा, चितवन र जोमसोम सीधा उडान हुँदै आएको छ । बुद्ध एयर, यती एयरलायन्स, सिम्रिक एयर, नेपाल एयरलायन्स, तारा एयरलायन्स लगायतले दैनिक उडान भर्ने गरेका छन् । त्यसैगरी पोखरामा पर्यटकलाई लक्षित गरी दृश्यावलोकनका लागि विभिन्न कम्पनीका हेलिकोप्टर तथा अल्ट्रालाइटसमेत सञ्चालन हुँदै आएका छन् ।

पोखरा–विराटनगर सीधा उडान हुने
पोखराबाट काठमाडौं, भैरहवा र भरतपुर सीधा उडान गर्दै आएको बुद्ध एयरले अब विराटनगर पनि सीधा उडान भर्ने भएको छ । बुद्धले आगामी माघ २० गते (फेब्रुअरी ३ तारीख)देखि पोखरा–विराटनगर र विराटनगर–पोखरा सीधा उडान गर्ने तयारी थालिएको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए । पोखरा–विराटनगरको हवाई शुल्क करीब ७ हजार रुपैयाँ लाग्ने उनले जानकारी दिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्