ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशियाद्वारा प्रदेश १ मा खाद्यान्न वितरण

२०७६ चैत, २४  
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । एनआईसी एशिया बैंकले प्रदेश १ को ज्याला मजदुरी गर्ने गरीब तथा असहाय परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेको छ । सरकारसँगको सहकार्यमा रू. ५ लाख बराबरको चामल, तेल, नुन, दाल लगायत सामग्रीहरू प्रदान गरेको बैंकले बताएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरिरहेको लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्नेहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले मुख्यमन्त्री शेरधन राइलाई बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बैंकले ७ ओटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’हरू सञ्चालन गरी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्