ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यूएईका नागरिकसरह नेपालीले उपचार पाउने

२०७६ चैत, २४  
समाचार
Image Not Found

चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई) का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सोमवार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । 

त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार युवराजबाट नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘विशिष्ट घडीमा यूएईमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नु भएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा युवराजप्रति आभार प्रकट गर्दछौं’, राजदूत ढकालले सामाजिक सञ्जालमा भनेका छन् ।

नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस संक्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जानकारी दिंदै आएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्