ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

२०७६ चैत, २४  
समाचार
Image Not Found

चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । 

उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जानकारी दिइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्