ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेलायती प्रधानमन्त्री जोनसनलाई सघन उपचार कक्षमा सारियो

२०७६ चैत, २४  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २५, लन्डन (बेलायत) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको छ । स्थिति खराब बनेपछि उनलाई सोमवार अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटले बताएको हो ।

चिकित्सक टोलीको सल्लाहमा यस्तो गरिएको र उनको राम्रोसँग हेरविचार भइरहेको छ । ‘सोमवार दिउँसो स्वास्थ्य केही बिग्रीयो अनि चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ,’ एक विज्ञप्तिमा डाउनिङ स्ट्रिटले बताएको छ । 

आवश्यकता परेमा भेन्टिलेटरको प्रयोग सहज बनाउन सघन कक्षमा सारिएको हो । ५५ वर्षिय जोनसनलाई मार्च २७ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो । करीब १० दिनसम्म उनी निवासमै एकान्तवासमा बसेका थिए । तर अवस्थामा सुधार नआएपछि आइतवार साँझ उनी सेन्ट थोमस हस्पिटलमा भर्ना भएका थिए । 

जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई आवश्यकता परेको ठाउँमा आफ्नोतर्फबाट जिम्मेवारी सम्हालिदिन समेत भनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्