ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गभर्नर पाएपछि खोटाङ जिल्लाबासीमा खुशीयाली

२०७६ चैत, २४  
प्रदेश ०१
Image Not Found

चैत २५,  खोटाङ । नेपाल सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ ।     

खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमवारको बैठकले केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गरेपछि उनका आफन्त तथा जिल्लावासी खुशी भएका हुन् ।     

सरकारबाट गभर्नरमा नियुक्त भएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र खोटाङवासीले अधिकारीलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

भट्टराईले अधिकारी असाधारण व्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी भएको बताउँदै खोटाङको साधारण परिवार र परिवेशमा जन्मेर आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे ।     

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भट्टराईले इमानदारिताका साथ काम गर्न अधिकारीलाई सुझाव दिए ।     

अधिकारीलाई पाँच वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । खोटाङको दक्षिणी क्षेत्रमा जन्मिएका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गरेका छन् ।    

सन् १९९४ मा राष्ट्र बैंकका उपनिर्देशक भइसकेका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट विसं २०३८ सालमा एसएलसी उत्तिर्ण गरेका थिए ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्