ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैलेखका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता 

२०७६ चैत, २५  
प्रदेश ०५
NA
author avatar पंखबहादुर शाही

चैत्र २६, दैलेख । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दैलेखको दुल्लू नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीलाई र कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथाममा खटिएकाहरुलाई प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने भएको हो । 

नगरपालिकाको मंगलवार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । यस्तो निर्णय गर्नेमा दुल्लू नगरपालिका जिल्लाकै पहिलो नगरपालिका हो ।

निर्णय अनुसार मेडिकल अधिकृतलाई ३ हजार, स्वास्थ्य कर्मचारीलाई २ हजार र श्रेणीविहीन कर्मचारीलाई १ हजार ५०० प्रोत्साहन भत्ता स्वरूप उपलब्ध गराईने छ । जसका लागि मंगलवार नै नगरपालिकाले रू. ६१ लाखको (कोरोना राहत) विपद व्यवस्थापन कोष स्थापना गरिएको दुल्लू नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले अभियालाई जानकारी दिए । राहत विपत व्यवस्थापन कोषमा रकम जम्मा गरिदिन संघिय र प्रदेश सरकार लगायत विभिन्न संघ संस्था र व्यक्तिहरूलाई समेत अनुरोध गरिएको छ,’ भण्डारीले भने । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्