arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यापार युद्धमा ब्रेक लागेसँगै विश्व शेयर बजारको परिसूचक वृद्धि

२०७६ माघ, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । अमेरिका  तथा चीनबीच डेढ वर्षअघि देखि शुरु भएको व्यापार युद्धमा ब्रेक लागेसँगै विश्व शेयर बजारको परिसूचक वृद्धि भएको छ ।

बुधवार दुई देशबीच पहिलो चरणको सम्झौतामा हस्ताक्षर भएसँगै व्यापार युद्ध मत्थर हुने संकेत देखिएको छ भने यसको प्रभावस्वरुप बुधवार र बिहीवार विश्व शेयरबजारको  परिसूचक बढेका छन् । 


ती दुई देशबीच सन् २०१८ जुलाईदेखि एकअर्काका सामानमा कर थपेर व्यापार युद्ध शुरु भएको थियो ।यो सम्झौतामा दुबै पक्षले यसअघि एकअर्काका सामानमा थपेका कर भने हटाएका छैनन्।

सम्झौताअनुसार पेचिङले आगामी दुई वर्षमा अमेरिकाबाट किनेको भन्दा २०० अर्ब डलरको सामान र सेवा किन्ने भएको छ भने  अमेरिकाले केही चिनियाँ सामानमा लगाएको कर घटाउने र  थप कर लगाउने छैन ।


अमेरिका र चीनबीच सम्झौता भएसँगै विश्वका शेयर बजार उकालो लागेका छन् । यसैक्रममा भारतीय शेयर बजारको प्रमुख सूचक सेंसेक्स  र निफ्टीले नयाँ रेकर्ड बनाएको  छ ।

नेपाली समय अपारन्ह १ : ५० बजेको समयसम्ममा भारतको सेसेंक्स ४१ हजार ८४४ विन्दु पार गरेको छ भने निफ्टी १२ हजार ३३२ पार गरेको छ । बजार खुलेको केहि समयपछि एसबीआईको शेयरमा तिव्र वृद्धि भएको छ ।

चीन तथा अमेरिकाबीच सम्झौतामा हस्ताक्षर भएसँगै अमेरिकी शेयर बजार सूचकमा तीव्र वृद्धि भएको छ भने  भारतको दुवै सूचक पहिलोपटक उच्च बिन्दुमा पुगेको छ ।

त्यस्तै बिहीवार जापानको निक्केई इन्डेक्स शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने एशियाका अन्य सूचक पनि उच्च रुपले बढेको छ । एजेन्सीको सहयोगमा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्