arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१३०१.२४ विन्दुमा नेप्से परिसूचक, एनआईसी एशियाको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७६ माघ, २  
नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । बिहीवार नेप्से कारोबार भएको दोस्रो घण्टामा १७ दशमलव शून्य १ अंकले बढेर १ हजार ३०१ दशमलव २४ विन्दुमा पुगेको छ । १ हजार २८४ दशमलव २९ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा १ दशमलव ३२ प्रतिशत बढेको हो । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । दोस्रो घण्टाको कारोबारमा १७६ ओटा कम्पनीको रू. ५८ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ३ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ४७९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा प्रभु बैंकको रू. २ करोड ६५ लाख  बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. २५४ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्